जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

<span class='c1'>जर्मनीलाई हराउँदै स्पेन</span> <span class='c2'>युरोको सेमिफाइनलमा</span>

काठमाडौं । घरेलु टोली जर्मनीको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा स्पेनले जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि नतिजा निकाल्न अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई २–१ को गोल अन्तरमा जित दिलाए ।
५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । उनले लामाइन यमलको पासको सदुपयोग गरे । तर, उक्त अग्रता स्पेनले बचाउन सकेन । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लेभरकुजनका मिडिफिल्डर फ्लोरियन विर्ट्जले निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा गोल गर्दै खेल अतरिक्त समयमा पु¥याएका थिए । उनले लेरोय सानेको पासको सदुपयोग गरे । तर, ११९औं मिनेटमा ओल्मोको पासमा माइकल मेरिनोले गोल गर्दै स्पेनलाई अन्तिम चारमा पु¥याए ।

अतिरिक्त समयमा स्पेनका ड्यानी कार्भाजलले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए । तर त्यसको फाइदा घरेलु टोलीले लिने अवसर नै पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्