मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुङ्गा पल्टियो : मृतकको संख्या १०५ पुग्यो

<span class='c1'>मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुङ्गा पल्टियो</span> <span class='c2'>: मृतकको संख्या १०५ पुग्यो</span>

काठमाडौं । पश्चिम अफ्रिकी देश मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या एक सय ५ पुगेको छ ।

राहत तथा उद्धारका क्रममा ८९ शव मात्रै फेला परेका छन् । दक्षिणपश्चिमी सहर एनडियागोको माछा मार्ने संघका अध्यक्ष याली फलले सोमबारदेखि स्थानीयहरूले किनारबाट निकालिएका शवहरू गाडिरहेको जानकारी दिए । आप्रवासी अधिकार समूह वाकिङ् बोर्डर्सले सन् २०२४ को पहिलो पाँच महिनामा क्यानरी टापु पुग्ने प्रयास गर्दा समुद्रमा अहिलेसम्म ५ हजार बढीको मृत्यु भइसकेको छ ।

पश्चिमी अफ्रिकी देशको सरकारी समाचार एजेन्सी र माछा मार्ने संघका प्रमुखले शुक्रबार डुङ्गा पल्टिएको एक हप्ता भएको बताए । कोस्ट गार्डले १७० जनासहित युरोप जान लागेका ८९ आप्रवासीको शव फेला पारेको छ । पाँच वर्षीया बालिकासहित नौ जनाको उद्धार गरिएको छ । पश्चिम अफ्रिकाको तटबाट क्यानरी टापुसम्मको एट्लान्टिक प्रवासी मार्ग विश्वको सबैभन्दा घातक मार्गहरूमध्ये एक हो । यो मार्ग प्रायः अफ्रिकी आप्रवासीहरूले स्पेन पुग्न प्रयोग गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्