ठूलो पदमा हुँदा मात्र ठूलो मान्छे बन्ने होइन : सुनिता डंगोल

<span class='c1'>ठूलो पदमा हुँदा मात्र ठूलो मान्छे</span> <span class='c2'>बन्ने होइन : सुनिता डंगोल</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यार्थीहरुले सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने बताएकी छिन् ।

शनिबार एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले एसईईसम्म किताबी ज्ञानलाई ध्यान दिएपनि अब सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने सुझाव दिइन ।

त्यस्तै उनले साथी संगतले भन्दा पनि आफूलाई मन लागेको विषय छनोट गरे उच्च शिक्षा हासिल गर्न पनि सुझाइन । ‘ठूलो पदले मात्र ठूलो मान्छे बन्ने होइन । आफ्नो परिवार, देश र समाजको बारेमा सोचेर कसरी राम्रो काम गर्न सकिन्छ भनेर पढ्नुपर्छ । जब हामीले मनैदेखि अरुका लागि काम र कल्पना गर्न सक्छौ, त्यो बेला नै हामी ठूलो मान्छे र असल नागरिक बन्न सक्छौ । रोजेको पेशाबाट राष्ट्रको लागि काम गर्न सक्छौ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्