‘बाढी–पहिरोले सडक अवरुद्ध गरे जस्तै सरकारले सदन अवरुद्ध गर्यो’

<span class='c1'>‘बाढी–पहिरोले सडक अवरुद्ध गरे जस्तै</span> <span class='c2'>सरकारले सदन अवरुद्ध गर्यो’</span>

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाढी पहिरोले सडक अवरूद्ध गरे जस्तै सरकारले पनि सदन अवरुद्ध गरेको आरोप लागाएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले देशभरीको सडकलाई पन्छाएर सदनमा पनि सरकारलाइ पन्छाउनुपर्ने बताए ।

उनले भने, ‘यता सदनमा सरकारले बाटो छेकेको जस्तो भएको छ । यो बाढि पहिरोले सडक अवरूद्द गरेजस्तै सदनमा सरकारले त्यो पहिरो भन्दा बढी अवरुद्ध गरेको छ । यसलाई हामीले छिटो भन्दा छिटो पन्छाउनुपर्यो ।’उनले ओखलढुंगाको पहिरे खोलामा पुल निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनले पहिरे खोलामा पुल नहुँदा आफ्नो फोटो राखेर रिपसमेत लेखेकोमा दु:ख लागेको जिकिर गरे ।

उनले अहिले जिल्लाका बोटाहरू तथा सडकहरू रोपाँइ गर्ने खेत जस्तो भएकाले त्यसलाई पनि छिटो भन्दा छिटो निर्माण गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्