सप्तकोशी नदीको जलसतह तीनलाख ९५ हजार क्युसेक मापन

<span class='c1'>सप्तकोशी नदीको जलसतह तीनलाख</span> <span class='c2'>९५ हजार क्युसेक मापन</span>

विराटनगर । सप्तकोसी नदीको जलसतह उच्च भएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । दिउँसो ३ बजे कोसी ब्यारेजमा तीनलाख ९५ हजार क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदै आएको थियो ।

आइतबार बिहान दिउँसो ३ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ९५ हजार क्युसेक पानीको बहाव मापन गरेको छ । अहिले ब्यारेजको ५६ वटा ढोका खोलिएको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले जानकारी दिएका छन् ।

पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ । जल सतह अधिक भएपछि उदयपुर, सुनसरी सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने भागहरूमा उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ । स्थानीय प्रशासनले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहनका लागि आग्रह गर्दै सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्