साताको पहिलो कारोबार दिन नेप्से २१ अंकले बढ्यो

<span class='c1'>साताको पहिलो कारोबार दिन</span> <span class='c2'>नेप्से २१ अंकले बढ्यो</span>

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से दोहोरो अंकले बढेको छ ।

आज नेप्से २१.२७ अंकले बढेर बन्द भएको हो । दुई हजार एक सय दशमलब ४० दशमलब ९७ विन्दुमा पुगेर बन्द भएको हो । नेप्सेमा आज पाँच कम्पनीको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ । आज मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्यमा उच्च गिरावट आएको छ ।
यो कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको २१ करोड ७१ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेमा आज ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५० वटाको बढेको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्