एभरेष्ट महिला भलिबल लिग हुने

<span class='c1'>एभरेष्ट महिला भलिबल</span> <span class='c2'>लिग हुने</span>

काठमाडौं । नेपाल भलिबल सङ्घले इन्फिनिटी ड्रिम्स प्रालिलाई 'एभरेष्ट महिला भलिबल लिग' सञ्चालन गर्न अनुमति दिएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबाहदुर चन्द र इन्फिनिटी ड्रिम्स प्रा.लि.का प्रबन्ध निर्देशक आमिर अख्तरबीच प्रतियोगिता सञ्चालन गर्ने विषयबारे सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार ड्रिम्सले छ टोलीबीच फ्रेन्चाइज भलिबल लिग गराउने प्रा.लि.का निर्देशक अख्तरले बताउनुभयो । उहाँले भलिबलमार्फत महिला खेलाडीलाई सशक्तिकरण गर्नुका साथै भलिबल खेलको विकास र बिस्तारमा सहयोग पुर्‍याउने बताउनुभयो । सो सम्झौता सात वर्षका लागि गरिएको हो ।

अध्यक्ष चन्दले इन्फिनिटी ड्रिम्सले गरेको सहयोगले भलिबल खेललाई व्यावसायिक रूपमा अघि बढाउन सहयोग पुग्ने बताउनुभयो । लिगका माध्यमबाट खेलाडीलाई भलिबल खेलप्रति आकर्षित गर्न र अन्तर्राष्टियस्तरका प्रतियोगितामा खेल प्रदर्शन गर्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । लिग शुरु हुने समय भने पछि तय गरिने सङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्