२८ गतेपछि मात्र मन्त्रालयहरुको भागबण्डा हुन्छ : प्रमुख सचेतक बर्तौला

<span class='c1'>२८ गतेपछि मात्र मन्त्रालयहरुको भागबण्डा</span> <span class='c2'>हुन्छ : प्रमुख सचेतक बर्तौला</span>

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अबको सरकार आलोपालो गरेर चल्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठक सकिएपछि पत्रकारहरूले यो सरकार कसरी चल्छ भन्ने प्रश्नको जवाफ दिँदै सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।

उनले पहिले नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने र त्यसपछि कांग्रेस सभापति र संसदीय दलका नेताको नेतृत्वमा सरकार बन्ने बताए । साथै उनले अहिले कुन मन्त्रालय एमालेले सम्हाल्ने प्रारम्भिक कुरा अगाडि बढे पनि यथार्थ निर्णयमा नपुगेको स्पष्ट पारे । उनले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘हामी अहिले आलोपालो गरेर सरकार चलाउने भनेर कांग्रेससँग सहकार्य गरेका हौं । २८ गते सम्मानीय प्रधानमन्त्रीले राजीनामा दिएर सहज मार्ग प्रस्तुत गर्नुभयो भने हामी मन्त्रालयको भागबण्डा टुंगो लगाउँछौं ।’

उनले कति दलहरू नयाँ सरकारमा सहभागि हुन्छन् त्यसको आधारमा मात्र मन्त्रालयको भागबण्डा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्