बाढी पहिरो : देशभर ७० को मृत्यु, ८६ जना घाइते

<span class='c1'>बाढी पहिरो : देशभर ७०</span> <span class='c2'>को मृत्यु, ८६ जना घाइते</span>

काठमाडौं । अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा गएको पहिरोमा परी ७० जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन् ।

विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढीपहिरोले लिएको छ । नेपाल प्रहरीका अनुसार निरन्तरको वर्षाले काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएको बाढी-पहिरोले जनधनको व्यापक क्षति भएको छ ।

शुक्रबार रातिदेखि परेको अविरल बर्षाका कारण पाँच जना बेपत्ता भएका छन् । लगातारको वर्षाका कारण हालसम्म ८६ घरमा ठूलो क्षति भएको छ ।
यस्तै वर्षाका कारण ३३५ पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ । हालसम्म अविरल बर्षा, पहिरो, चट्याङ तथा बाढी गएको ठाउँमा ४ हजार ७ सय ९० जना प्रहरी परिचालन गरिएका छन् । साथै बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा ९ करोड ५६ लाख ७४ हजार २ सय ५० रूपैयाँ क्षति भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्