२१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गरिंदै

<span class='c1'>२१ अर्ब ६० करोड रुपैयाँको</span> <span class='c2'>ट्रेजरी बिल नवीकरण गरिंदै</span>

काठमाडौं । सरकारले २१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन र एक वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । भोलि (मंगलबार) जारी हुने यस ट्रेजरी बिलका लागि आज(सोमबार) दिउँसो ३ बजे बोलकबोल गर्नेछ ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुनेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो ।

यो ट्रेजरी साउन २२ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । ट्रेजरी असोज २२ गते परिपक्व हुनेछ।साथै, कार्यालयले एक वर्षका लागि ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । यो ट्रेजरी २०८२ असार २४ गते परिपक्व हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्