‘रवि क्लब’बाट निष्कासित भएपनि घण्टी बजिरहन्छ : मुकुल ढकाल

<span class='c1'>‘रवि क्लब’बाट निष्कासित भएपनि घण्टी</span> <span class='c2'>बजिरहन्छ : मुकुल ढकाल</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री र पार्टी प्रवक्ताबाट हटाएपछि डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको टिप्पणी गरेका छन् ।

मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्र रहनेगरी पदमुक्त गरेको थियो । निलम्बनपछि ढकालले रास्वपालाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प नरोकिने बताए ।

‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि...,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

अभद्र, अमर्यादित, अशोभनीय र पार्टी हितविपरित काम गरेको भन्दै ढकाललाई रास्वपाले पार्टीबाट निष्काशित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्