ताप्लेजुङमा घर भत्कदा परिवारका ६ सदस्य घाइते

<span class='c1'>ताप्लेजुङमा घर भत्कदा परिवारका</span> <span class='c2'>६ सदस्य घाइते</span>

ताप्लेजुङ । ताप्लेजुङमा एउटा घर भत्कदा घर ६ जना सदस्य घाईते भएका छन्। ताप्लेजुङको सिरिजंगा गाउँपालिका–२ हप्पुखोलामा मंगलबार बेलुका घर भत्किँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मंगलबार बेलुका खाना खाइरहेका बेला ढुंगा र माटोले बनेको घर एक्कासी भत्किएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याइएको छ ।

घाइते हुनेमा सिरिजंगा गाउँपालिका–२ आम्बेगुदिनका ४३ वर्षीय खड्गबहादुर बानियाँ, उनका ३८ वर्षीया श्रीमती जानुका बानियाँ, ३० वर्षीया सुबिना बानियाँ, २८ वर्षीय खेमराज अधिकारी, ५३ वर्षीया तिलमाया विश्वकर्मा र प्रकाश विश्वकर्माको छोरा वर्ष १० का रोहित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्