युरो कप : फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन फाइनलमा

<span class='c1'>युरो कप : फ्रान्सलाई २–१</span> <span class='c2'>ले पराजित गर्दै स्पेन फाइनलमा</span>

काठमाडौं । स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरको छ ।

मंगलबार राति भएको खेलका खेलमा स्पेनले फ्रान्समाथि २–१ गोल अन्तरको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

जर्मनीको म्युनिख रंगशालामा भएको सेमिफाइनलमा सुरुआती गोल भने फ्रान्सले गरेको थियो । तर उक्त अग्रता फ्रान्सले धेरैबेर टिकाउन सकेन । खेल सुरु भएको आठौं मिनेटमा कोलो मुआनीले केलियन एम्बाप्पेको पासमा गोल गरेका थिए । उनले गरेको हेडर गोल नै युरो कप फुटबलमा डेसच्याम्पकको टोली फ्रान्सका खेलाडील गरेको पहिलो खुला गोल थियो । १ गोलले पछि परेको स्पेन जारी युरोमा उत्कृष्ट लयमा रहेको प्रमाणित गर्न धेरै बेर कुर्नु परेन ।
२१ औं मिनेटमा अल्भारो मोराटाको पासमा १६ वर्षिय खेलाडी लामिन यमलले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याएका थिए । २५ औं मिनेटमा डानी ओल्मोले गोल गरेपछि स्पेनले २–१ को अग्रता लिएको थियो । त्यसपछि दुवै टिमले थप गोल नगरेपछि अन्तिमसम्म २–१ को अग्रता कायम गर्दै स्पेनले फाइनलमा स्थान पक्का गर्न सफल भयो ।

स्पेन २०१२ पछि पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भयो । स्पेनले अब उपाधिका लागि इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीचको विजेतासँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्