कोशी प्रदेशमा प्राविधिक अध्ययनको लागि मनमोहन प्राविधिक विश्वविद्यालय

<span class='c1'>कोशी प्रदेशमा प्राविधिक अध्ययनको</span> <span class='c2'>लागि मनमोहन प्राविधिक विश्वविद्यालय</span>

विराटनगर । नेपाल कै पहिलो प्रादेशिक प्राविधिक विश्वविद्यालयको रुपमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्दै आएको छ ।

विश्व विद्यालयको आङगिक शिक्षालयको रुपमा परिचित मनमोहन स्मृति पोलिटेक्निकमा विभिन्न प्राविधिक तथा रोजगारीको उच्च सम्भावना भएका ७ डिप्लोमा लेभलका कार्यक्रमहरु संचालित छन्। त्यसैले पनि कलेज सदा झै विद्यार्थीहरुको पहिलो रोजाईमा पर्न थालेको हो । ल्याव वर्कशपसहितको उत्कृष्ट भौतिक पूर्वाधार, उत्कृष्ट शिक्षण विधि साथै अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइदै आएको कलेजमा विभिन्न विषयमा छात्रवृत्तिहरुको समेत व्यवस्था रहेको छ।२०८१ सालको लागि मनमोहन मनमोहन स्मृति पोलिटेक्निकमा विशेष गरी इन्जिनियरिङ्ग विधाका ३ वर्ष डिप्लोमा कार्यक्रमहरुमा भर्ना भईरहेको छन्।

इन्जिनियरिङ्गमा अध्ययन गर्न चाहानेहरुका लागि कोटाको व्यवस्था रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले जनाएको छ। नेपाल सरकारबाट ४ पटक उत्कृष्ट घोषित भएको यस मनमोहन स्मृति पोलिटेक्निकमा रोजगारी मुलक पढाई हुने विषयहरुलाई लक्षित गरिदै आएको मनमोहन स्मृति पोलिटेक्निकका प्राचार्य इन्जिनियर सुदिप अधिकारीले जानकारी दिनुभयो ।

डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ्ग,मेकानिकल इन्जिनियरिङ्ग,इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग , सिभिल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग,आर्किटेक्चर इन्जिनियरिङ्ग , आई.टि. (इन्फर्मेशन टेक्नोलोजी) मा ३ वर्षीय डिप्लोमा पढाई हुदै आएको छ ।

त्यसैगरी डिप्लोमा २४ महिनेतर्फ सिभिल इन्जिनियरिङ्ग,इलेक्ट्रिकल इन्जिनियरिङ्ग,मेकानिकल इन्जिनियरिङ्ग, अटोमोबाइल इन्जिनियरिङ्ग, इन्फर्मेसन टेक्नोलोजी अध्ययापन गराईने मनमोहन स्मृति पोलिटेक्निकले जनाएको छ। प्रोफेसनल तालिम १६९६ घण्टा तर्फ विल्डिङ इलेक्ट्रिसियन,कम्प्युटर हार्डवयेर टेक्निसियन र लाईट भेइकल मेकानिक र सम्झौता बमोजिम अन्य तालिमको व्यवस्था रहेको छ । अन्तिम सेमेष्टरमा रोजगारीको लागि पहल गर्ने व्यवस्था रहेको मनमोहन स्मृति पोलिटेक्निकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्