बुढीगंगा गाउँपालिकाको सामुदायिक विद्यालयमा नतिजा निराश लाग्दो

<span class='c1'>बुढीगंगा गाउँपालिकाको सामुदायिक विद्यालयमा</span> <span class='c2'>नतिजा निराश लाग्दो</span>

विराटनगर। बुढीगंगा गाउँपालिकाभित्र रहेको सामुदायिक विद्यालयको नतिजा निराश लाग्दो रहेको छ। २०८० सालको एसइई परीक्षाको नतिजा हेर्दा सामुदायिक विद्यालयको नतिजा निराश लाग्दो देखिएको हो।

गाउँपालिका भित्रका जनप्रिय मावि र नारायण माविको नतिजा शुन्य आएको हो। बुढीगंगामा नाम चलेको श्री नरग्राम माविबाट परिक्षामा १९५ जना सहभागी भएका मध्ये ४७ जना विद्यार्थी मात्रै पास भएका छन्। भने उक्त विद्यालयको उच्च जीपीए भने ३.५८ रहेको छ।

त्यसैगरी श्री लक्ष्मी मावि ५८ जना मध्ये १२ जना पास भएका छन्। भने उच्च जीपीए ३.२४ रहेको छ। श्री सरस्वती मावि ४२ जना मध्ये १ जना पास उच्च जीपीए २.७, श्री कर्मवीर मावि ४३ जना ४ जना पास उच्च ३.४ जीपीए ल्याएको बुढीगंगा गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।

मोरङ जिल्लाका १६९ सामुदायिक र २२५ संस्थागत विद्यालयबाट एसइईमा सामेल विद्यार्थीमध्ये ३० विद्यालयलाई निल लागेको छ । विराटनगर महानगरपालिकामा दुई निजीसहित ११, ग्रामथान गाउँपालिकाका ५, केराबारीका ४, लेटाङका ३, जहदा र बुढीगंगाका दुई/दुई तथा उर्लाबारी, कानेपोखरी र रंगेलीका १/१ विद्यालयको नतिजा शून्य आएको शिक्षा समन्वय इकाई मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्