‘एमाले र कांग्रेसले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने’

<span class='c1'>‘एमाले र कांग्रेसले बराबरीको</span> <span class='c2'>हैसियतमा सरकार सञ्चालन गर्ने’</span>

काठमाडौं । नेकपा एमालेले कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको सचिवालय बैठकपछि पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र परिणाम दिन सक्ने मन्त्रीहरुको टिमलाई सरकारमा पठाउँने निर्णय भएको जानकारी दिएका छन् ।

उनले भने, ‘पर्सि २८ गते प्रधानमन्त्रीको विश्वासको मत सँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । हामीले सरकारमा पठाउँने मन्त्रीहरु लगायतका बारेमा पछि थप छलफल गर्ने छौं । अहिलेको हकमा हामीले एउटा सक्षम र परिणाम दिन सक्ने टिमलाई पठाउँनुपर्छ भन्ने सामान्य नीतिगत निर्णय गरको छौं। सामान्यतया नेकपा एमाले र कांग्रेसले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने छ । यो राष्ट्रिय सहमतिको अभियानमा जोडिन चाहने अरू दलहरूलाई पनि हैसियत अनुसार स्थान दिने कुरामा सकारात्मक छौं ।’

उनले भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समिकरण फेरियो भनेर प्रधानमन्त्री र गृहमन्त्रीले गलत हल्ला फैलाएको भन्दै भ्रष्टाचारको फाइल खोल्न कसैले पनि नरोकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्