२३ दशमलव २५ अंकले बढ्यो नेप्से

<span class='c1'>२३ दशमलव २५</span> <span class='c2'>अंकले बढ्यो नेप्से</span>

काठमाडौं । सेयर बजार नेप्से २३ दशमलव २५ अंकले बढेको छ ।

बुधबार सेयर बजार परिसूचक नेप्से २३ दशमलव २५ अंकले बढेर २१७५ दशमलव ४० को विन्दुमा पुगेको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कारोबार सर्वाधिक भएको छ भने बलेफी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने ३२२ कम्पनीको ७२ हजार ७ सय १४ पटकको कारोबारमा १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँ रहेको छ ।

सेन्सेटिभ इन्डेक्स ४ दशमलव ८२ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १ दशमलव ६६ अंकले बढेको छ । १३ उपसमूहमध्ये १२ वटाको बढेको छ भने विकास बैंक १३ दशमलव २० अंकले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्