विराट क्षितिज कलेज र लीपफ्रग टेक्नोलोजीबीच इन्टर्नशिप र प्लेसमेन्ट सम्बन्धि सम्झौता

<span class='c1'>विराट क्षितिज कलेज र लीपफ्रग टेक्नोलोजीबीच</span> <span class='c2'>इन्टर्नशिप र प्लेसमेन्ट सम्बन्धि सम्झौता</span>

विराटनगर । विराटनगर-२ बरगाछी चोकस्थित विराट क्षितिज कलेज र काठमाडौंस्थित लीपफ्रग टेक्नोलोजीबीच सम्झौता भएको छ।

कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि इन्टर्नशिप र प्लेसमेन्टमा सहयोग पुर्याउने उदेश्यका साथ सम्झौता भएको हो।

सम्झौता पत्रमा विराट क्षितिज कलेज विराटनगरको तर्फबाट अध्यक्ष ज्ञानेन्द्र कार्की र काठमाडौंस्थित लीपफ्रग टेक्नोलोजीको तर्फबाट म्यानेजर किरण कुमार रेग्मीले हस्ताक्षर गरेका छन् ।

नेपालको टप कम्पनी मध्ये एक रहेको लीपफ्रग टेक्नोलोजीमा ५०० जना भन्दाबढी विशेषज्ञ सफ्टवेयर इन्जिनियरहरू कार्यरत रहेका छन्। यस सम्झौता अनुसार, कलेजका सेमेस्टर १ देखि ७ सम्मका विद्यार्थीहरूलाई विशेष आइटी तालिम प्रदान गरिनेछ।नेपाल मात्र नभएर भारत, जापान, कोरिया र इजरायलका आईटी कम्पनीहरूमा पनि इन्टर्नशिप र प्लेसमेन्टको अवसर प्राप्त गर्ने विराट क्षितिज कलेजले जनाएको छ। कलेजको नयाँ आएको व्यवस्थापकीय टिमले अनुभवी र दक्ष शिक्षकहरू राखेर नयाँ शैक्षिक सत्रबाट बीएससी सिएसआइटी र बीसिए कार्यक्रम संचालन गर्ने भएको छ । शान्त तथा पठनीय वातावरणमा, सुविधा सम्पन्न भवनमा स्थायीत्व दिनेगरी कलेज विराटनगर-२ बरगाछी चोकस्थित नयाँ भवनमा सरेको छ। उक्त कलेजमा बीएससी सिएसआइटीमा ३६ र बी सिएमा ३५ जना विद्यार्थीको कोटा रहेको छ । सीमित विद्यार्थी भर्ना गरेर गुणस्तरीय शिक्षासँगै सिपयुक्त दक्ष जनशक्ति प्रदान गर्ने कलेजको दाबी छ।यस सम्झौताले नेपालको शैक्षिक क्षेत्र र आइटी उद्योगबीचको सहकार्यलाई बलियो बनाउने र देशको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्