उरुग्वेविरुद्ध जित निकाल्दै २३ वर्षपछि कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

<span class='c1'>उरुग्वेविरुद्ध जित निकाल्दै २३ वर्षपछि</span> <span class='c2'>कोलम्बिया कोपा अमेरिकाको फाइनलमा</span>

काठमाडौं । उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ।

खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले कोलम्बियालाई अग्रता दिलाएका थिए । खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड पाए । डेनियल मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो ।

१० खेलाडीमा सीमित कोलम्बियाले पुरै समय उरुग्वेलाई दबाबमा राख्दै फाइनल यात्रा तय गरेको हो । दोस्रो सेमिफाइनलको विजेता कोलम्बियाले अब फाइनलमा पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा क्यानडलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्