युरो कप : फाइनलमा इङ्ल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुने

<span class='c1'>युरो कप : फाइनलमा इङ्ल्याण्ड</span> <span class='c2'>र स्पेनबीच प्रतिस्पर्धा हुने</span>

काठमाडौं । लगातार दोस्रो पटक इंग्ल्यान्ड यूरो कपको फाइनल पुगेको छ ।

बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।

बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेन फ्रान्सलाई २–१ गोलले नै पराजित गर्दै फाइनल पुगिसेको छ । दोस्रो सेमिफाइनलमा सुरुवाती अग्रता लिएको नेदरल्यान्ड्सलाई रोक्दै इंग्ल्यान्ड फाइनलमा पुगेको हो । इंग्ल्यान्डका लागि ओली वाटकिन्सले दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै फाइनल यात्रा निस्चित गरेका हुन् । खेलको सातौं मिनेटमा नेदरल्यान्ड्सका जावी सिमोन्सले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमै इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पेनाल्टी गोल गर्दै खेल बराबरीमा फर्काए ।

इंग्ल्यान्डका कप्तान केनलाई नेदरल्यान्डस्का डेनजेल डम्फ्रिजले फउल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै खेल केनले खेल बराबरीमा फर्किएका थिए ।
खेल अवधिभर खेल बराबरीमै सम्पन्न हुनै लाग्दा दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा ओलीले गोल गर्दै इंग्ल्यान्डलाई फाइनल पुर्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्