कोशी प्रदेश स्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता २०८१ सम्पन्न

<span class='c1'>कोशी प्रदेश स्तरीय प्रथम</span> <span class='c2'>भारोत्तोलन प्रतियोगिता २०८१ सम्पन्न</span>

विराटनगर । कोशी प्रदेश स्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता असार २५ र २६ गते विराटनगरमा सफलतापूर्वक सम्पन्न भएको छ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र मोरङ जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा शहिद रंगशालाको टेबल टेनिस कभर्डहलमा यो प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा कोशी प्रदेशका पाँच जिल्लाबाट खेलाडीहरूले सहभागिता जनाएका थिए। पुरुष र महिला दुवै वर्गमा विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएको थियो।

पुरुषतर्फ ५५ केजी समुहमा प्रथम अजित राजवंशी,६१ केजीमा चन्दन मुखिया प्रथम ,६९ केजीमा रिवेश अधिकारी प्रथम ,७३ केजीमा पीयुष राजवंशी प्रथम र ट्युक्ल चौधरी द्वितीय भएका छन्। त्यसैगरी ८१ केजीमा कपलेश्वर राजवंशी प्रथम, सिद्धार्थ प्रहवन द्वितीय र अमिलाल राजवंशी तृतीय भए भने ८९ केजीतर्फ प्रसिद्ध भक्त राजल्वट प्रथम भएका थिए।

यस्तै महिलातर्फ ४५ केजीमा जमुना क्षेत्री प्रथम,गीता भट्टराई द्वितीय,४९ केजीमा सोनीदेवी दास प्रथम,बविता उराउ द्वितीय र मासुम खातुन तृतीय,५५ केजीमा करिना चौधरी प्रथम र सलिना तामाङ्ग,५९ केजीमा विजुली थापा प्रथम,६३ केजीमा सुनिता हस्दा प्रथम,मेनुका पौडेल द्वितीय,७६ केजीमा इशा शर्मा प्रथम, ८१ केजीमा सृष्टि मल्ल,९८ केजीमा कान्ता भुजेल प्रथम भएकी छिन्।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव पर्शुराम बस्नेत र जिल्ला खेलकुद संघका अध्यक्ष इन्द्रकुमार योन्जन तामाङले मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे। यो प्रतियोगिता कोशी प्रदेशमा भारोत्तोलन खेलको विकास र प्रवर्द्धनका लागि महत्त्वपूर्ण कदम मानिएको छ। यसले स्थानीय प्रतिभाहरूलाई अगाडि बढ्ने र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्