मोरङको बेलबारीमा कुकुरले टोकेर पाँच जना घाइते

<span class='c1'>मोरङको बेलबारीमा कुकुरले टोकेर</span> <span class='c2'>पाँच जना घाइते</span>

विराटनगर । मोरङको बेलबारी-३ मा कुकुरले टोकेर पाँचजना घाइते भएका छन् ।

घाइतेहरूको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा बलबारी-३ का ८५ वर्षीया पदम बहादुर घिसिङ, उनकी श्रीमती ८० वर्षीया सावित्री घिसिङ, ७० वर्षबा तुलसी दाहाल, ६२ वर्षीय दिलबहादुर गुरुङ र ८४ वर्षीया धनमाया थापा रहेको मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् ।

बाटोमा हिडिरहेका उनीहरुलाई ३/४ वटा कुकुरले खेदाएर टोकेका थिए । ज्येष्ठ नागरिकहरू कुद्न नसकेर लड्दा मुखमा समेत टोकेको छ ।
पदम घिसिङको मुखमा, सावित्री घिसिङ दाहिने हात र तिघ्रामा, तुलसी दाहालको ओठमा, दिलबहादुर गुरुङको मुखमा र धनबहादुर थापा मगरको दाहिने हातको नाडीमा चोट लागेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्