मोरङमा प्रहरीले पक्राउ गरेको गाँजा राख्नै सकस

<span class='c1'>मोरङमा प्रहरीले पक्राउ गरेको</span> <span class='c2'>गाँजा राख्नै सकस</span>

विराटनगर । कारोबारीले रुट परिवर्तन गरेर मोरङका विभिन्न नाका हुँदै भारत पु¥याउने गाँजा प्रहरीको नियन्त्रणपछि भण्डारण गर्नै सकस पर्ने गरेको छ । मोरङ प्रहरीले चालु आर्थिक वर्षमा मात्रै तीन हजार ९५० केजी गाँजा पक्राउ गरिसकेको छ । जिल्ला प्रहरीसहित मातहतका कार्यालयको नियन्त्रणमा परेको गाँजासँगै संलग्न आरोपमा ४२ जना पक्राउ परेका छन् ।

मोरङमा दुईवर्ष अगाडीसम्म गाँजा कारोबारीले रुट प्रयोग गर्दैनन् थिए । सुनसरीको भन्टाबारीसहितका नाकाबाट भारत जाने गाँजा बारम्बार नियन्त्रणमा पर्न थालेपछि कारोबारीले रुट नै परिवर्तन गरेर मोरङका विभिन्न नाकाबाट कटाउन थालेका हुन् । खास गरी मकैको सिजनमा गाँजा लुकाउँदै सीमा कटाउन सहज हुने भएकोले कारोबारीले फरक–फरक नाका प्रयोग गर्दै आएका छन् । मकै पाकेर खेतमा पानी जम्न थालेपछि भने कारोबारीलाई गाँजा लैजान सहज नभएको प्रहरी अधिकारीहरुको भनाई छ ।

मुख्य सडकबाट गाँजा कटाउन सहज हुन्न । सहायक र भित्री गल्लीको प्रयोग गर्नुपर्दा पानीका कारण आउजाउमा समस्या हुन्छ । चालु आर्थिक वर्षमा तरकारी बोकेको गाडी, सिलिण्डर बोकेको ट्रक, केरा बोकेको पिकअप समेतमा गाँजा ओसारपसार गरेकोले नियन्त्रणमा परेका छन् । मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले पक्राउ परेको गाँजा नष्ट गर्ने प्रक्रिया सुरु नहुँदासम्म त्यसको व्यवस्थापनमा समस्या पर्ने गरेको बताए ।

चालु आर्थिक वर्ष चार हजार केजी आसपास गाँजा नियन्त्रण मोरङ जिल्लाभरबाट गरिएको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा दुई हजार ३०० केजी गाँजासहित ३६ जना संलग्न आरोपी पक्राउ परेका थिए । अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा १६३ केजी मात्रै गाँजा नियन्त्रणमा परेको थियो ।

जिल्ला प्रहरी कार्यालयसहित मातहतको कुन कार्यालयले गाँजा नियन्त्रणमा लिन्छ, त्यहि कार्यालयमा राखेर मुद्दाको अनुसन्धान गर्ने गरिएको छ । अनुसन्धानप्रतिवेदनका साथ सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गरेपछि मात्रै गाँजा नष्ट गर्ने बाटो खुल्छ । मुद्दा अदालतमा जानु अगाडी गाँजाको परीक्षणका लागि पठाइन्छ । मुद्दा अदालतमा गएपछि परीक्षण प्रतिवेदन, नमूना संकलन गरेर प्रमाण राखेपछि अदालत, जिल्ला प्रशासन र प्रहरी कार्यालयको टोलिले मुचुल्का तयार पारेर नष्ट गर्ने बाटो खुल्छ ।

यो प्रक्रिया नहुँदासम्म गाँजा नियन्त्रण गर्ने प्रहरी कार्यालयको स्टोरमा राख्न समस्या हुने गरेको छ । धेरै ठूलो परिमाणमा पक्राउ परेको गाँजा सानो कोठामा मात्रै अट्दैन । जथाभावी राख्दा गन्धले बस्न मुस्किल पर्ने गरेको छ । कार्यालय परिसरको सबैभन्दा भित्री कोठामा गाँजा नराखे त्यसले दैनिकीमै असर पार्ने गरी गन्हाउने गरेको प्रहरीहरु बताउँछन् ।

भारत लाँदै गरेको अवस्थामा पक्राउ परेको चालु आर्थिक वर्षको गाँजा बिक्री मात्रै गर्दा पनि तीन करोड १६ लाख रुपेँयाको हुन्छ । प्रतिकेजी आठ हजारले नेपालमा गाँजा खरिद बिक्री हने गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्