आजको विनिमय दर : बढ्यो डलर, युरो र कतारी रियालको मूल्य

<span class='c1'>आजको विनिमय दर : बढ्यो डलर,</span> <span class='c2'>युरो र कतारी रियालको मूल्य</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, आज बेलायती पाउण्डको बिक्री दरले १७२ रुपैयाँ पार गरेको छ । अमेरिकी डलर, युरो र कतारी रियालको विनिमय दर सामान्य बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ शून्य पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७३ पैसा र बिक्री दर १७२ रुपैयाँ ५० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्