प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्विप

<span class='c1'>प्रधानमन्त्री दाहाललाई विश्वासको मत</span> <span class='c2'>दिन रास्वपाको ह्विप</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने र आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘विश्वासको मत दिने र ह्वीप पनि जारी गर्ने निर्णय गरेका छौँ । आज सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालको संविधानको धारा १०० को (२) अनुसार आफूमाथि संसद्को विश्वास छ भनी प्रस्ताव पेस गर्दै हुनुहुन्छ, आजको मुख्य मुद्दा त्यो थियो । सम्पूर्ण माननीय सदस्यहरूले आजसम्म गरेका कामकारबाहीको पनि छलफल भयो,’ उनले भने । बैठकले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरिएको उनको भनाइ छ ।
त्यस्तै, बैठकमा पार्टीका मन्त्रीहरुले अहिलेसम्म गरेको काम कारबाहीका विषयमा पनि छलफल भएको परियारले बताए ।

प्रधानमन्त्री प्रचण्डले आज पाँचौपटक विश्वासको मत लिँदैछन् । विश्वासको मतका लागि प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्