मोरङको सुन्दरहरैँचामा कुखुरा फर्म संचालकको ह*त्या : दुई जना पक्राउ

<span class='c1'>मोरङको सुन्दरहरैँचामा कुखुरा फर्म संचालकको</span> <span class='c2'>ह*त्या : दुई जना पक्राउ</span>

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका ९ का ४९ वर्षीय सहदेव बजगाईको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-४ हाटखोला घर भई बजगाईकै कुखुरा फर्ममा काम गर्ने ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटी रहेका छन् ।

सुन्दरहरैँचा नगरपालिका- १ कुमार गाउँस्थित एक तल्ले टिनको छानो बासको टाटिबेरा भएको कुखुरा फर्म भित्रै फर्मका संचालक बजगाईको बिहीबार बिहान शव फेला परेको थियो । कुखुरा फर्ममा काम गर्ने दम्पतीले नै उनको हत्या गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरू गरेको थियो । यद्यपि दुवैजना फरार थिए । इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक तेज बहादुर दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले दुवैजनालाई धरान १२ मा रहेको बलभद्रेश्वर मन्दिर अरुणादय धर्मशालाको गेष्ट हाउसबाट बिहीबार बेलुका साढे ७ बजेतिर पक्राउ गरेको हो । प्रारम्भीक अनुसन्धानबाट उनीहरूले नै सो घटना गराएको प्रहरीको दाबी छ ।

बजगाईको टाउकोमा दाउ र बञ्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ। दुवै आरोपी बजगाईको कुखुरा फर्ममा एक महिनादेखि काम गर्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्