प्राकृतिक विपद्का घट्नाप्रति सरकार गम्भीर छैन् : सांसद सिंह

<span class='c1'>प्राकृतिक विपद्का घट्नाप्रति सरकार गम्भीर</span> <span class='c2'>छैन् : सांसद सिंह</span>

काठमाडौं । सांसद अमरेशकुमार सिंहले प्राकृतिक विपद्बाट घट्ने घटनाहरुमा सरकार गम्भीर नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले हरेक वर्ष आउने बाढी र पहिरोमा परि करोडौं मूल्यको जनधन र मानवीय क्षति हुनेको गरेको उल्लेख गर्दै सरकारले कुनै तदारुकता नदेखाएको बताए ।

उनले भने, ‘हाम्रो सरकार र हामी मानवीय क्षतिमा गम्भीर हुनुपर्दछ । यो देशमा असार आउने वित्तिकै कुन नागरिकको मृत्यु कता हुन्छ कसैलाईलाई थाहा हँुदैन । सरकारले पनि कुनै तदारुकता देखाउँदैन । हरेक वर्ष आउने बाढी र पहिरोले करौडौंको क्षति र सयौं नागरिकले अकालमै ज्यान गुमाउनुपरेको हुन्छ । सरकारले पूर्व तयारी गरिररहेको भनेपनि कुनै तयारी गरेको देखिदैन ।’

अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि घाइते भएका नागरिकको उपचार सरकारले व्यहोर्नुपर्ने सिंहको भनाइ छ । उनले भने, ‘घाइतेहरुको उपचार सरकारी खर्चबाट होस् । अहिले सबैभन्दा ह्रदयविदारक घटनामा सरकारले वेपत्ताको खोजी र उद्धारमा तदारुकता देखाउन जोडदार माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्