पछिल्ला नाटकीय घटनाक्रमबाट चिन्तित छु : प्रधानमन्त्री प्रचण्ड

<span class='c1'>पछिल्ला नाटकीय घटनाक्रमबाट चिन्तित</span> <span class='c2'>छु : प्रधानमन्त्री प्रचण्ड</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला नाटकीय घटनाक्रमबाट आफू चिन्तित भएको बताएका छन् ।

शुक्रबार प्रतिनिभिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले बैठकमा बोल्दै भने, ‘सम्मानित सदनबाट मैंले विश्वासको मत पाउँला या नपाउँला, म प्रधानमन्त्री रहुँला या नरहुँला त्यसमा म विल्कुल चिन्तित छैन । म पहिलो चोटी प्रधानमन्त्री हुँदाखेरी नै कति दिन हो त्यो मलाई त्यति सरोकारको विषय होइन, पुरै अवधि त म जान्न भन्ने मैंले राजनीतिक अनुमान नै लगाइसकेको थिए । तर म चिन्तित यसमा छु कि पछिल्ला नाटकीय घटनाक्रमबाट ।’साथै उनले संसदको पहिलो र दोस्रो ठुलो दल कांग्रेस र एमाले विश्वास र निश्चित उद्देश्यले जोडेको भए चिन्ताको विषय नहुने उल्लेख गरे । उनले एमाले र कांग्रेसलाई डरले मात्र जोडेको जिकिर गरे ।

उनले भने, ‘त्यो डर हो जसले तपाईलाइ जोडेर राखेको छ त्यो हो शुसासन, शुसासन कायम हुँदै जान थाल्यो भन्ने डरले यीनिहरूले हात मिलाएका हुन् । तर थाहा छ की छैन तिमीहरूको मूल्यांकन जनताले गरिरहेका छन् । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्