विपद्का घटनाबाट एक सय ३ जनाको मृ*त्यु

<span class='c1'>विपद्का घटनाबाट एक सय</span> <span class='c2'>३ जनाको मृ*त्यु</span>

काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी पहिरो लगायतका विपद्मा परेर हालसम्म एक सय तीन जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कणर्ाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जना गरी जम्मा एक सय तीन जनाको मृत्यु भएको हो ।

काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा आठ जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौं जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिमा ११ जना गरी एकसय नौं जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र गण्डकी प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । १ सय ८९ वटा घर, ७२ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ५ सय ४७ घर परिवार विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्