स्पेनले यामललाई फाइनलमा पुरै समय खेलाए ३० हजार युरो जरिवाना तिर्नुपर्ने

<span class='c1'>स्पेनले यामललाई फाइनलमा पुरै समय खेलाए</span> <span class='c2'>३० हजार युरो जरिवाना तिर्नुपर्ने</span>

काठमाडौं । युरो कप २०२४ को फाइनल खेल आइतबार हुने छ । उपाधिका लागि स्पेन र इंग्ल्याण्ड प्रतिस्पर्धामा हुने छन् ।

जारी युरोमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनिस खेलाडी लामिन यामललाई यदि टिमले पुरै समय मैदानमा बिताउन लगाए जरिवानामा पर्ने छन् । १७ वर्षीय लामिन यामलले इङ्ल्यान्डविरुद्ध फाइनलमा पूरा ९० मिनेट खेलेमा जर्मनीको श्रम कानूनअनुसार ४३ लाख ७२ हजार रुपैयाँ तिनुपर्ने हुनसक्छ । जर्मनीको श्रम कानुन अनुसार नावालकलाई काम लगाउँदा ३० हजार युरोको जरिवाना रहेको छ ।

यामलले युरो २०२४ को फाइनलमा इङ्ल्यान्डविरुद्ध खेल्ने एक दिनअघि (शनिबार) आफ्नो १७ औं जन्मदिन मनाउँदै छन् । १६ वर्ष ३६२ दिनको उमेरमा यमलले यस हप्ताको सुरुमा फ्रान्सविरुद्ध म्युनिखमा भएको सेमिफाइनलको २१ औं मिनेटमा गोल गर्दै युरोमा सबैभन्दा कान्छो गोलकर्ता बनेका थिए ।
यमलको उत्कृष्ट प्रदर्शनका बाबजुद स्पेनका प्रशिक्षक लुइस डे ला फ्युएन्टेले उनलाई इङ्ल्यान्डविरुद्धको सम्पूर्ण समय खेल खेलाउन सक्ने छैनन् ।
जर्मनीको श्रम कानून अनुसार १८ वर्ष मुनिका युवाले कुनै पनि दिन बेलुका ८ बजे (स्थानीय समय) पछि काम गर्न पाउँदैनन् । एथलीट (खेलाडी) हरूका लागि थोरै फाइदा छ, जसलाई ११ बजे सम्म ‘काम’ गर्न अनुमति दिइन्छ ।

स्पेन र इंग्ल्याण्ड युरो २०२४ को फाइनल जुलाई १४ मा स्थानीय समय अनुसार राति ९ बजे सुरु हुनेछ । यस्तो अवस्थामा स्पेनले लामिन यामलसँग खेल्नका लागि पहिलो ६० मिनेटको समय पाउनेछ । यसपछि पनि टोलीले लामिन यामललाई मैदानबाट बाहिर नबोलाएमा जर्मन लेबर कानून बमोजिम स्पेनिस फुटबल संघलाई ३० हजार युरो अर्थात् करिब ४३ लाख ७२ हजार रुपैयाँ जरिवाना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्