ब्रिटिश एजुकेशन ग्रुपले लियो क्यानडाको १२५ वर्ष पुरानो कलेजको स्वामित्व

<span class='c1'>ब्रिटिश एजुकेशन ग्रुपले लियो क्यानडाको</span> <span class='c2'>१२५ वर्ष पुरानो कलेजको स्वामित्व</span>

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेजको स्वामित्व लिंदै संचालनको जिम्मा लिएको छ ।

नेपालमा प्रतिष्ठित द ब्रिटिश कलेजलगायतका शिक्षण संस्थाहरु सञ्चालन गरिरहेको ब्रिटिश एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेश कलेज ९एमबीसी० को स्वामित्व लिएको छ ।

सन् १८९९ मा स्थापना भएको हेलिफ्याक्सस्थित एमबीसीले प्राविधिक विषयहरुमा शिक्षा प्रदान गर्दै आइरहेको छ । सुरुमा स्थानीय व्यावसायीहरुको आवश्यकता पूरा गर्न स्थापना गरिएको एमबीसीले बिजनेश एडमिनिष्ट्रेसन, भेटेरीनरी असिष्टेन्ट, मेडिकल डिभाइस रिप्रोसेसिङ, इन्टेरियर डेकोरेटिङ र टू डी–थ्री डी एनिमेशन एण्ड डिजिटल आर्टस् विषयहरु अध्यापन गराउँदै आएको छ । स्थापनाको १२५ वर्षको अवधिमा दक्ष जनशक्ति तयार गर्दै एमबीसीले रोजगारको क्षेत्रमा बलियो प्रतिष्ठा आर्जन गर्दै आएको छ । अब ब्रिटिस एजुकेशन ग्रुपले सो कलेज खरिद गरेसँगै लन्डनस्थित द उलवीच कलेजमा रहेका केही पाठ्यक्रमहरु थप गर्ने योजना बनाएको छ । शैक्षिक नेटवर्क विस्तार गर्दै लगेको ब्रिटिस एजुकेशन ग्रुपका सीइओ राजन कँडेलले शताब्दी भन्दा लामो इतिहास बोकेको एमबीसीको स्वामित्व लिएपछि भने, ‘हामी आफ्ना विद्यार्थीहरुलाई विश्वव्यापी अवसरसँगै नयाँ अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छौं । यस अधिग्रहणले नेपाल, दुबई र क्यानडाका हाम्रा क्याम्पसहरूबीच सजिलै क्रेडिट ट्रान्सफरको सुविधा प्रदान गर्नेछ, जसले हाम्रो ‘ग्लोबल सिटिजन’ निर्माण गर्ने दृष्टिकोणलाई थप प्रबर्द्धन गर्नेछ ।’

सीइओ कँडेलले क्यानडामा रहेका नेपाली समुदाय लगायत ६ महिना बढी समय लागेको स्वामित्व स्थानान्तरण प्रकृयामा सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर साथ, समर्थन र मार्गदर्शनको अपेक्षा सहित कृतज्ञता व्यक्त गरे । ब्रिटिस एजुकेशन ग्रुपले नेपाल, दुबई र लन्डनमा शैक्षिक संस्थाहरु सञ्चालन गरि विद्यार्थीहरुलाई ‘ग्लोवल एक्सपोजर’ प्रदान गरिरहेको छ । हालै स्वामित्व लिइएको क्यानडाको कलेज पनि शैक्षिक उत्कृष्टताका लागि महत्वपूर्ण उपलब्धि हुने ग्रुपले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्