त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात

<span class='c1'>त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस</span> <span class='c2'>र यात्रुको अवस्था अझै अज्ञात</span>

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा शुक्रबार बिहान लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र ती बसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । शुक्रबार दिनभर खोजे पनि नभेटिएपछि राति खोजी कार्य स्थगित गरिएको र शनिबार बिहानैदेखि फेरि खोजी हुने चितवन प्रहरीले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट तीन, चार किलोमिटर तलसम्म खोज्दा पनि नभेटिएको जानकारी दिए। उनले नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको बताए ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । उनका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो ।

सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँको लागि छुटेको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरको लागि छुटेको गणपति डिलक्स बस पहिरोमा परेका हुन् । दुई वटा यात्रु वाहक बस र ६२ जना यात्रु रहेको भनिए पनि यकिन विवरण प्राप्त भई नसकेको प्रहरीले जनाएको छ ।

अहिले नदीमा बेपत्ता भएकाका परिवार पनि नदीमा खोजी कार्यका लागि सुरक्षाकर्मीहरूलाई सहयोग गरी रहेका छन् । कतिपय वेपत्ताका परिवार अहिले घटना स्थलमा आई पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्