-द्वारिका नेउपाने
म दु:खेको छु
तिमी पनि दुख्नु पर्छ
म रुझेको छु
तिमी पनि रुझ्नु पर्छ
एक रथका दुई पाङ्ग्रा
संगसगै हिड्नु पर्छ।
यहाँ चिच्याउने कराउने फुटाउने धेरै छन्
आँखा चिम्ली कान थिची अघि बढ्नु पर्छ
किनकी म दु:खेको छु
यहाँ ताली पिट्ने खोइरो खन्ने जमात छन्
बेवास्ता गरि अघि बढ्दै सिढी चढ्नु पर्छ
किनकी म दु:खेको छु
यहाँ दिन लाई रात पार्ने अनेक छन्
रातलाइ दिन पर्ने अनेक छन्
तेस्ता सङ दुर रहि पाइला चाल्नु पर्छ
किनकी म दु:खेको छु
यहाँ गफ चरण मा चरियेकाहरु धेरै छन्
तेहि गफ ले पेट भरियेका हरु धेरै छन्
तेस्ता आफै रित्तिन्छ्न आफू बढ्नु पर्छ
किनकी म दु:खेको छु।।
विराटनगर-१०,शान्ति चोक