पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

<span class='c1'>पूर्व राष्ट्रपति डोनाल्ड</span> <span class='c2'>ट्रम्पमाथि गोली प्रहार</span>

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास भएको छ। गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि आक्रमण भएको थियो। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ट्रम्पको कानबाट रगत बगिरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो।

बीबीसीका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन् । सो घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ ।

अमेरिकीको सिक्रेट सर्भिसले घटनाबारे जानकारी दिँदै ट्रम्प पूर्णरुपमा सुरक्षित रहेको र उनीमाथि आक्रमण गर्ने संदिग्ध बन्दुकधारी सुरक्षा कारबाहीमा मारिएको जनाएको छ । राष्ट्रपति जो बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका छन्। उनले भने, 'अमेरिकामा यस्ता खालका हिंसाको कुनै स्थान छैन।' ट्रम्प सुरक्षित रहेको जानकारी पाउँदा आफूलाई राहत महसुस भएको पनि बाइडेनले बताए।

अमेरिकी अधिकारीहरुले यो आक्रमणको अनुसन्धान गरिरहेको जनाएका छन्।घटनाको विस्तृत विवरण र आक्रमणको कारण अझै स्पष्ट भइसकेको छैन। यो घटना अमेरिकी राजनीतिमा तनाव र सुरक्षा चिन्ताहरू बढाउने सम्भावना देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्