आत्मनिर्भर अर्थतन्त्रको लागि पर्यटन उपयुक्त क्षेत्र हो : अध्यक्ष दाहाल

<span class='c1'>आत्मनिर्भर अर्थतन्त्रको लागि पर्यटन उपयुक्त</span> <span class='c2'>क्षेत्र हो : अध्यक्ष दाहाल</span>

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपालका पर्यटकीय क्षेत्र र सम्पदाको अन्तर्राष्ट्रियकरण गर्नसके नेपालमा वर्षेनी लाखौं पर्यटक भित्र्याउन सकिने बताएका छन् ।

सोमबार ठमेल पर्यटन विकास परिषद्को २८औं र २९औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालमा पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास आजको आवश्यकता भएको बताए ।

उनले भने, ‘विदेशमा राम्रोसँग बजारीकरण गर्नसक्ने र पर्यटकीय गन्तव्यको पूर्वाधारको विकास गर्नसक्ने हो भने नेपालमा वर्षेनी लाखौं पर्यटक भित्र्याउन सकिन्छ । नेपालमा पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेको छ । गौतमवुद्धको जन्मभूमि, विश्वको सर्वोच्च शिखर र खोंचसमेत नेपालमै रहेको छ । नेपालमा पर्यटनका प्रचुर सम्भावना भएपनि पर्यटनको विकास हुन नसकेको यथार्थ हामीसामु छ ।’ बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन हुनु आजको मुख्य समस्या भएको दाहालको भनाइ छ । दक्ष र कामकाजी जनशक्ति बाहिरिँदा मुलुक प्रतिदिन परनिर्भर हुँदै गइरहेको दाहालले बताए ।

उनले भने, ‘नेपालको अहिलेको मुख्य समस्या भनेको बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन हुनु हो । दक्ष र कामकाजी जनशक्ति बाहिरिँदा हामी दिन प्रतिदिन परनिर्भर हँुदै गइरहेका छौं । देशलाई परनिर्भरबाट जोगाएर आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्रको विकासका गर्नु उत्तम उपाय हो भन्ने लाग्छ । त्यसैले अब सरकारको ध्यान युवाहरुलाई विदेश जान रोकेर बढिभन्दा बढि पर्यटक भित्र्याउन हुनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्