कोशीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच कार्यसम्पादन सम्झौता

<span class='c1'>कोशीमा मुख्यमन्त्री र प्रमुख</span> <span class='c2'>सचिवबीच कार्यसम्पादन सम्झौता</span>

विराटनगर । आर्थिक वर्षको अन्तिममा मात्रै पूर्वाधार विकास तथा अन्य कार्यक्रम हुने गरेको भन्दै आलोचना बढेपछि कोशी प्रदेश सरकारले साउन लागेसँगै विकास आयोजना तथा अन्य कार्यक्रम अगाडी बढाउने तयारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असारको अन्तिम दिन प्रदेशका प्रमुख सचिवसँग कार्य सम्पादन सम्झौता गरेर कामलाई अगाडी बढाउन निर्देशन दिएका हुन् । प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०७६ र नियमावली २०७७ बमोजिम मुख्यमन्त्री कार्कीले साउन १ गतेदेखि नै लागू हुने गरी कार्य सम्झौता गरेको दावी छ ।

प्रदेश सरकारका सबै मन्त्रीहरूलाई राखेर मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव केदारनाथ शर्मासँग कार्य सम्पादन सम्झौता गरेपछि शर्माले मुख्यमन्त्रीकै उपस्थितिमा मुख्यमन्त्री कार्यालयका सचिव बद्री कार्की र विष्णुप्रसाद पौडेलसँग सम्झौता गरेका छन् । मुख्यमन्त्री कार्कीले साउन १५ भित्र सबै मन्त्रीलाई सचिवसँग र सचिवले मातहतका कार्यालय प्रमुख र महाशाखा प्रमुखसँग सम्झौता गर्नका लागि निर्देशन दिइएको छ । त्यस्तै सबै सचिवहरूलाई साउन १५ भित्रै कार्य योजना बनाउन र एक करोडभन्दा माथिको योजना कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।
कोशी प्रदेशमा हाल ६० वटा कानुन निर्माण भइसकेको, २४ वटा नियमावली तयार भएको छ । आगामी वर्ष खरिद क्षेत्रमा देखिएको समस्या निराकरण गर्न र अत्यावश्यक कानुनहरू साउनभित्रै प्रदेशसभामा लगेर काम थाल्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले तयारी गरेको छ । सबै मन्त्रालयलाई चाहिने कानुनहरू ड्राफ्ट गर्नका लागि पनि तयारी गरिएको छ ।

कर्मचारीहरूको समस्या हल गर्नका लागि लोकसेवा आयोगमा अध्यक्ष नियुक्तिदेखि कर्मचारीहरूसँगको छलफलमा कामसमेत अगाडी बढाइएको छ । मुख्यमन्त्री कार्कीले यस वर्ष विगतको भन्दा द्रुत गतिमा काम गर्ने र बेलैमा काम सक्ने गरी कार्य योजना अगाडी बढाइएको बताएका छन् । मन्त्रालयका निर्देशनमा जेठ १५ उता गोष्ठी, छलफल, अन्तरक्रियाका कार्यक्रम नगर्ने गरी योजना बनाउन सचिवहरूलाई कडाइका साथ निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्