कोशी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

<span class='c1'>कोशी पूर्ण खोप</span> <span class='c2'>सुनिश्चित प्रदेश घोषणा</span>

विराटनगर । कोशी प्रदेशमा रहेका १६ देखि ५९ महिनाभित्रका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएपछि कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।

आइतबार विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश भएको घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका कारण अब, कोसी प्रदेशमा कोही पनि बालबालिकाले नियमित खोपबाट वञ्चित हुनु नपर्ने अवस्था सृजना गर्न मातहत निकायलाई निर्देशन दिए ।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले कोशी प्रदेशमा ११ महिना सम्मका ८३ हजार ७ सय ५५ हाराहारी बालबालिका रहेको बताए । जस मध्ये विसीजी खोप लगाउनेको संख्या ८१ हजार २ सय ९० दादुरा रुवेलाको पहिलो मात्रा ल गाएकाको संख्या ७७ हजार १ सय ३०, अन्तिम दादुरा रुवेलाको खोप लगाएकाको संख्या ७३ हजार ३ सय ४५ रहेको छ । कोसी प्रदेशमा ५ वर्ष मुनिका बालबालिकाको संख्या २ लाख ८३ हजार १ सय ८३ रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा छ ।

नेपालमा नियमित खोप अन्तर्गत बालबालिकालाई १३ प्रकारका खोप लगाउने गरिएको छ । बस्नेतले सबै पालिकाको वडा देखि नै पूर्ण खोप सूचिश्चित घोषणा गर्दै असार ३० गते प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जानकारी दिए । पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भए पनि खोप लगाउनबाट छुटेका बालबालिका खोजेर खोप लगाउने काम भने निरन्तर जारी रहने बस्नेतले स्पष्ट पारे

स्वास्थ्य मन्त्रालयको पूर्ण खोप सुनिश्चित कार्यक्रम अन्तर्गत ७७ जिल्लामध्ये ७६ जिल्ला र सात प्रदेशमा ६ प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । अब प्रदेशमा बागमती र जिल्लामा नुवाकोट मात्र पूर्ण खोप सुनिश्चित क्षेत्र हुन बाँकी रहेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताउनुभयो ।

बालबालिकालाई १३ खोपको १८ मात्रामा दिनुपर्ने भएकाले प्रत्येक वर्ष खोप सुनिश्चित अभियान सञ्चालन गर्ने गरिएको उहाँको भनाइ छ । भौगोलिक कठिनाइका कारण कतिपय हिमाली क्षेत्रमा हिँडेर खोप दिन जानुपर्ने बाध्यता रहेपनि विगतको तुलनामा अभियान कार्यान्वयन गर्न केही सहज भएको डा गौतमले बताउनुभयो । पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७७ को पूर्ण कार्यान्वयनको लागि गत माघबाट पाल्पा जिल्लामा खोप लगाउन सुरु गरिएको अभियान जारी छ । अभियान अन्तर्गत पाल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको थियो भने प्रदेशमा गण्डकी पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा भएको थियो । अब नुवाकोट जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसकेपछि बागमति प्रदेशलाई पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्