पेट्रोलमा ४ र डिजेलमा ३ रुपैयाँ मृल्यवृद्धि

<span class='c1'>पेट्रोलमा ४ र डिजेलमा</span> <span class='c2'>३ रुपैयाँ मृल्यवृद्धि</span>

काठमाडौँ ।  नेपाल आयाल निगमले पेट्रोलको मूल्य ४ र डिजलको मूल्य ३ रुपैयाँ वृद्धि गरेको छ। 

भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि आज राती १ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जानकारी दिएको छ।

मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ। त्यसैगरी, डिजेल र मट्टितेलमा पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको निगमले जनाएको छ। पहिलो वर्गमा चारआली, जनकपुर, विराटनगर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी, वीरगञ्ज र भलवारी पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल पर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्