अबैध सुनको कारोबार गर्ने मुख्य योजनाकार पक्राउ

<span class='c1'>अबैध सुनको कारोबार गर्ने</span> <span class='c2'>मुख्य योजनाकार पक्राउ</span>

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अबैध सुनको कारोवार गर्ने मुख्य योजनाकारलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका-२ का विकास योन्जन रहेका छन् । ९६० ग्राम सुन तस्करीका योजनाकार उनलाई प्रहरीले मंगलबार चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०८० को भदौं २५ गते बिहान साढे ९ बजे दुबईबाट हिमालयन एयरलाइन्सबाट बाबुलाल दोङ भन्ने काठमाडौं आइपुगेका थिए ।
उनले सुन ल्याएको छ भन्ने सूचना पाएपछि प्रहरीको टोलीले उनलाई काठमाडौं महानगर वडा नम्बर ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर हिँड्दै गर्दा फेला पारेको थियो । प्रहरी वृत्त गौशालामा लग्दा उनले मलद्वारमा ९६० ग्राम सुन लुकाएर ल्याएको फेला परेको थियो ।

उनीमाथि सोधपुछ गर्दा उक्त सुन विकासको भएको बयान दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि दुबै जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्