महिला एसिया कप : नेपाल र यूएईबीच प्रतिस्पर्धा

<span class='c1'>महिला एसिया कप :</span> <span class='c2'>नेपाल र यूएईबीच प्रतिस्पर्धा</span>

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ ।

आज पहिलो दिन शुक्रबार समूह ‘ए’का दुई खेल हुँदैछन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईबीच प्रतिस्पर्धा हुनेछ । यो खेल डम्बुला मैदानमा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्। यो खेल सोही मैदानमा साँझ ७ः१५ बजे सुरु हुनेछ ।

साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो ।
प्रतियोगितामा आठ टोलीको सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्