एक वर्षको अवधिमा हात्तीको आक्रमणबाट कोशी प्रदेशमा १० जनाको मृ*त्यु,२५ घाइते

<span class='c1'>एक वर्षको अवधिमा हात्तीको आक्रमणबाट कोशी</span> <span class='c2'>प्रदेशमा १० जनाको मृ*त्यु,२५ घाइते</span>

झापा । गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा जिल्ला रहेको जानकारी दिनुभयो । उहाँले झापामा एक वर्षको अवधिमा छ, सुनसरीमा तीन र मोरङमा एक जनाको ज्यान गएको बताउनुभयो ।

“झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौंडाबाट गत वर्षको कात्तिकमा पसेका रैथाने हात्ती ३५ भन्दा बढीकाे समूहले ठूलो धनजनको क्षति गरेको थियो । सोही अवधिमा झापामा चार वटा र मोरङमा एउटा हात्ती मरेका थिए”, प्रवक्ता दाहालले भन्नुभयो । उहाँले एक वर्षको अवधिमा हात्तीको आक्रमणबाट झापामा १४, इलाममा एक, मोरङमा तीन, सुनसरीमा पाँच र उदयपुरमा दुई गरी २५ जना घाइते भएको जानकारी दिनुभयो ।

हात्तीको आक्रमणबाट ज्यान गुमाउनेलाई सरकारले रु. १० लाख क्षतिपूर्ति स्वरुप प्रदान गर्दै आएको छ । घाइतेको उपचारका लागि रु. २५ हजारदेखि रु. एक लाखसम्म उपलब्ध गराउँदै आइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्