वुमन्स एसिया कप : सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको ऐतिहासिक विजय

<span class='c1'>वुमन्स एसिया कप : सम्झनाको</span> <span class='c2'>उत्कृष्ट ब्याटिङमा नेपालको ऐतिहासिक विजय</span>

श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको छ ।युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । एसिया कपमा तेस्रो पटक सहभागी भएको नेपालले पहिलो जित निकालेको हो ।

नेपालका लागि सम्झना खड्काले उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । सम्झना टी-२०आईमा अर्धशतक प्रहार गर्ने पाँचौँ नेपाली खेलाडी बनेकी छन् ।

यसअघि इन्दु बर्मा, सीता रानामगर, पूजा महतो र रुविना क्षेत्रीले अर्धशतक प्रहार गरेका थिए । ओपनर सम्झनाले ४५ बलमा ७२ रनमा अविजित रहिन् । रुविना क्षेत्रीले १०, सीता रानामगरले ७, कप्तान इन्दु बर्माले ६ र कविता कुँवरले २ रन बनाएर आउट भए । पूजा महतो ७ रनमा अविजित रहिन्  ।

यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

युएईकी खुसी शर्माले सर्वाधिक ३६, कविशा इगोडेज २२, समाइरा धरनिधर्क १३, कप्तान इशा ओजा १० रनमा आउट भएका थिए । बलिङमा नेपालकी कप्तान इन्दु बर्माले उत्कृष्ट प्रदर्शन गरिन् । ४ ओभर बलिङ गरेकी इन्दुले १२ रन खर्चेर ३ विकेट लिइन् । सवनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट लिएका थिए ।

एसिया कपमा नेपालको यो पहिलो ऐतिहासिक जित हो । तेस्रो पटक एसिया कपमा सहभागी भएको नेपालले हालसम्म जित निकाल्न सकेको थिए । गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको उपाधि यूएईले जितेको थियो। उसले फाइनलमा मलेसियालाई हराएको थियो।

प्रतियोगिताको फाइनल पुग्ने टोलीलाई मात्र एसिया कपमा लैजाने भनिएपछि पछि एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले सेमिफाइनलमा रोकिएको दुई टोलीलाई पनि समावेश गर्ने निर्णय गरेपछि नेपालको भाग्य खुलेको थियो। त्यतिबेला नेपालले अन्तिम चारको प्रतिस्पर्धामा मलेसियासँग हार बेहोरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्