विश्वभरि सूचना प्रविधि प्रणालीमा समस्या

<span class='c1'>विश्वभरि सूचना प्रविधि</span> <span class='c2'>प्रणालीमा समस्या</span>

काठमाडौँ । अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले सूचना प्रणालीलाई अद्यावधिक (अपडेट) गर्दा सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमै समस्या ल्याएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विभिन्न देशमा रहेका बैङ्क, विमान सेवा, रेलवे, टेलिभिजन, सञ्चार माध्यम र सुपरमार्केट तथा अनलाइन पैसा तिर्ने गेटवेसम्ममा त्यसको असर परेको छ ।

बिबिसीका अनुसार अमेरिकास्थित क्राउडस्ट्राइकबाट उक्त समस्या उत्पन्न भएको हो । माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टममा चल्ने कम्प्युुटरलगायत उपकरणको स्क्रिन निलो देखिएको छ । कतिपय अवस्थामा थुप्रै पटक प्रणाली बन्द गरेर पुनः सञ्चालन गर्दा सुधार भएको जनाइएको छ । अमेरिका, बेलायत, जर्मनीलगायत भारतको केही क्षेत्रमा समेत सूचना प्रविधि वेबसाइटमा समस्या भई प्रविधिमा आधारित विमान सेवा, बैङ्क, अस्पतालको काममा असर परेको छ । विश्वव्यापी रूपमा विन्डोज अपरेटिङ सिस्टममा आधारित भएर काम गर्ने कम्पनीको काममा असर परेको हो ।

माइक्रोसफ्टले भने यसमा आफ्नो त्रुटि नभएको बताउँदै तेस्रो पक्षको समस्या रहेको प्रस्टीकरण दिएको छ । एप्पल र लिनक्सका प्रयोगकर्तामा भने यसको असर देखिएको छैन । सञ्चार माध्यम एनबिसीसँगको अन्तर्वार्तामा क्राउडस्ट्राइकका साइबर सुरक्षा प्रमुख जर्ज कट्जले भन्नुभयो, “माइक्रोसफ्ट अपरेटिङ सिस्टमलाई हिट गर्ने आफ्नो अपडेटमा बगका कारण समस्या भएको हो ।” उहाँले समस्याको पहिचान भइसकेको र छिटै पुरानै अवस्थामा फर्किने दाबी गर्नुभयो । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्