-सविना श्रेष्ठ
बर्खे झरिमा जमिन
भिजेर हिलाम्मे भएपछि
आफ्नो ज्यान जोगाउन
निस्कनछन् छिचिमिराहरु।
फेरि आफ्नो बासिस्थल
फर्कनछन् या फर्कदैनन,
त्यो थाहछैन उनिहरुलाइ
आफ्नो भबिस्य खोज्दै
सपना सजाउँदै
निस्केकाहुन उनीहरु
के थाहा आगोको पासो
थापेकाहुन्छन,भनेर
भुब्रोमा परेर ज्यान गुम्छ भनेर
उज्यालो देखेर रमाएकोबेला
अन्तिम खुसी हो भनेर
कसरी बुझुन्।
छिचिमिराहरु।
उज्यालो भबिस्यको आसा देखाएर
बनेका ढिस्काहरुले
दियो बालेर बिस्तारै बिस्तारै
मार्दैछन् कयौं छिचिमिराहरु
कति त गाउँछाडेर मरभुमितिर
पलायन भएकाछन्।
त कति अपाङ्ग भएर
आफ्नो जिन्दगी घिसार्दैछन्।
कतिले बाच्ने आसा मारेर
दमले ह्यार्याक ह्यार्याक हुँदै
सिटामोल सहित नपाएर
तड्पिएर बाचेकाछन्
छिचिमिराहरु।
विराटनगर १२