वीपी कोइरालाले चाहेको व्यवस्था र प्रणाली प्रति सहमत छु : प्रधानमन्त्री ओली

<span class='c1'>वीपी कोइरालाले चाहेको व्यवस्था र प्रणाली</span> <span class='c2'>प्रति सहमत छु : प्रधानमन्त्री ओली</span>

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बीपी कोइरालाले राजनीतिक दर्शन, समाज परिवर्तन र साहित्यको क्षेत्रमा आफ्ना छापहरु छोड्न सफल हुनुभएको बताएका छन् ।

आइतबार वीपी कोइराला राष्ट्रिय पुरस्कार २०८०, समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीपी कोइरालाले नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा पुर्याउन महत्वपूर्ण योगदान रहेको बताए ।

उनले भने, ‘राजनीतिक दर्शनको पाटोमा, साहित्यिक दर्शनको पाटोमा वीपी कोइरालाले नेपाली राजनीति, समाज परिवर्तनका क्षेत्रमा आफ्ना छापहरु छोड्न एकदमै सफल व्यक्तित्व हुनुहुन्छ । उहाँले राजनीति सँगसँगै साहित्यलाई पनि एउटा उचाईमा पुर्याउनुभएको छ । राजनीतिलाई पनि झन धेरै उचाईमा पुर्याउनुभएको छ उँहाले । तर, आज वीपी कोइरालालाई बुझ्न त्यति सजिलो छैन् ।’

दर्शन, साहित्य र राजनीतिको बारेमा विवादहरु रहेपनि वीपी कोइरालाले खोजेको व्यवस्था र प्रणाली अहिले पनि आफू सहमत रहेको ओलीको भनाइ छ ।
त्यस्तै उनले वीपी कोइरालाले दुरदर्शी तथा परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको उल्लेख गर्दै अहिलेको नेतृत्वले उनीबाट पाठ सिक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्