जो बाइडेनले लिए राष्ट्रपतीय निर्वाचनबाट आफ्नो नाम फिर्ता

<span class='c1'>जो बाइडेनले लिए राष्ट्रपतीय</span> <span class='c2'>निर्वाचनबाट आफ्नो नाम फिर्ता</span>

काठमाडौं । जो बाइडेनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

जुन २८ मा ट्रम्पसँगको बहसमा परेपछि बाइडेनको स्वास्थ्यलाई लिएर चौतर्फी उम्मेदवारी फिर्ता लिन दबाब परेको थियो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले पनि बाइडेनविरुद्ध आफ्नो धारणा राखेका थिए । यसले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन नैतिक दबाब बढाएको हो ।

पार्टीबाट अत्याधिक दबाब र स्वास्थ्यको कारण देखाउँदै ८१ बर्षिय बाइडेनले नोभेम्बरमा हुने चुनावमा उम्मेदवार नबन्ने बताउँदै वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेका छन् । बाइडेनले चुनावी मैदान छाडेपछि अमेरिकी राष्ट्रपतिको चुनाव अब रोचक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्