सुनको मूल्य बढ्दा चाँदी घट्यो

<span class='c1'>सुनको मूल्य बढ्दा</span> <span class='c2'>चाँदी घट्यो</span>

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ सय रूपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा १ हजार ८ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्