नेप्से ७५ दशमलव ३३ अंकले बढ्यो

<span class='c1'>नेप्से ७५ दशमलव</span> <span class='c2'>३३ अंकले बढ्यो</span>

काठमाडौं । शेयर बजार नेप्से आज उच्च अंकले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर बन्द भएको हो ।

नेप्से आज दुई हजार पाँच सय ६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, होटल, व्यापार, विकास बैंक, जलविद्युत् समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज ३ सय १७ वटा कम्पनीका कारोबार ३ करोड ९७ लाख कित्ता शेयर १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, नेपाल वेयरहाउजिङ र साहस ऊर्जा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्