एसिया कपको सेमिफाइनल समीकरण पूरा

<span class='c1'>एसिया कपको सेमिफाइनल</span> <span class='c2'>समीकरण पूरा</span>

काठमाडौं । एसीसी एसिया कप महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ ।

बुधबार राति भएको खेलको नतिजासँगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो ।

समूह एबाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउँदा समूह बीबाट श्रीलंका र बंगलादेशले स्थान पक्का गरेका छन् । बुधबार भएको पहिलो खेलमा बंगलादेशले मलेसियालाई ११४ रनले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्दा दोस्रो खेलमा श्रीलंकाले थाइल्याण्डमाथि १० विकेटको एकतर्फी जित निकालेको हो ।

समूह चरणका खेल सकिएपछि प्रतियोगिताका दुवै सेमिफाइनल खेल शुक्रबार जुलाई २६ मा हुनेछन् । पहिलो सेमिफाइनलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा श्रीलंका र पाकिस्तान भिड्नेछन् ।समूह ‘ए’ बाट भारत सबै खेल जितेर शीर्ष स्थानमा छ भने समूह ‘बी’ बाट श्रीलंका सबै खेल जितेर शीर्ष स्थानमा छ । बंगलादेश र पाकिस्तानले भने समूह खेलमा क्रमशः श्रीलंका र भारतसँग पराजित भएका छन् ।

त्यसैले सेमिफाइनलमा समूह ‘ए’ को शीर्ष टोलीले समूह ‘बी’ को दोस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्दैछ । जसमा भारत र बंगलादेशबीचको खेल हुनेछ । अर्कोतर्फ समूह ‘बी’ मा शीर्ष स्थानमा रहेको श्रीलंकाले समूह ‘ए’ मा दोस्रो स्थानमा रहेको पाकिस्तानसँग खेल्नेछ । सेमिफाइनलको पहिलो खेलमा शुक्रबार दिउँसो सवा २ बजे भारत र बंगलादेश भिड्ने छन् भने सोही साँझ सवा ७ बजे श्रीलंका र पाकिस्तान आमने सामने हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्