भारत महिला एसिया कपको फाइनलमा प्रवेश

<span class='c1'>भारत महिला एसिया</span> <span class='c2'>कपको फाइनलमा प्रवेश</span>

काठमाडौं । सात पटकको च्याम्पियन भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै महिला एसिया कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ८० रन मात्र बनाएको थियो । ८१ रनको जवाफमा भारतीय ओपनरहरूले लक्ष्य ११ ओभरमा पूरा गर्दै नवौं पटक महिला एसिया कपको फाइनलमा पुगे । उत्कृष्ट बलिङका लागि रेणुका सिंह ठाकुर प्लेयर अफ द म्याच घोषित भइन् ।
बंगलादेशकि कप्तान निगार सुल्तानाले टस जितेर पहिले ब्याटिङ गर्ने निणर्य गरेकी थिइन् । बंगलादेशलाई सुरुदेखि नै भारतीय बलरले ठूलो धक्का दिएका थिए । फास्ट बलर रेनुका सिंह ठाकुरले बंगलादेशको टप अर्डरलाई लगातार प्याभिलियन पठाए र टोलीको स्कोर २१/३ मा पुर्याइन् ।

त्यसपछि भारतीय स्पिनरहरूले आफ्नो क्षमता देखाउँदै बंगलादेशी ब्याट्सम्यानलाई हावी हुन दिएनन् । आफ्नो टोलीका लागि कप्तान निगार सुल्तानाले सर्वाधिक ३२ रन बनाएकी थिइन् भने शोर्ना अख्तरले १९ रनको अविजित इनिङ्स खेल्दै टोलीलाई ८० रनमा पुर्याएकी थिइन् । भारतका लागि रेणुका सिंह ठाकुर र राधा यादवले ३-३ विकेट लिए भने पूजा वस्त्रकार र दीप्ती शर्माले १-१ विकेट लिए ।
भारतलाई फाइनलमा पुग्न ८१ रनको लक्ष्य थियो । ओपनिङमा आएका स्मृति मन्धाना र शेफाली वर्माले ११ ओभरमा लक्ष्य पूरा गर्दै बंगलादेशसँगको ६ वर्ष पुरानो हिसाब बराबर गरिन ।

एसिया कप २०१८ को फाइनलमा बंगलादेशले भारतीय टोलीलाई हराएको थियो । यस्तो अवस्थामा आज एशिया कपको नकआउट खेलमा बंगलादेशलाई हराउँदै भारतीय टोलीले हिसाब बराबरी गरेको हो । भारतका लागि स्मृति मन्धानाले ३९ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेकी थिइन् भने शेफाली वर्माले मात्र २ चौका सहित २६ रन बनाएकी थिइन् । दोस्रो सेमिफाइनल खेल आज आयोजक श्रीलंका र पाकिस्तानबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्